NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवा बाढी: १५ हेलिकप्टरबाट ९७ जनाको उद्धार

रसुवामा बाढीले प्रभावित ९७ जनाको उद्धार गरिएको छ। उद्धारमा नेपाली सेना र निजी क्षेत्रका १५ हेलिकप्टर परिचालन गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रभावितको उद्धार, खोजी, राहत र उपचारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
Sanjay Karki
Sanjay Karki
26 August 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
रसुवा बाढी उद्धार
Share:

रसुवामा बाढीले प्रभावित ९७ जनाको उद्धार गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ गरी १५ हेलिकप्टर परिचालन गरिएको छ।Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

घाइतेको उपचारका लागि वीरेन्द्र अस्पतालको मेडिकल टोली त्रिशूलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा खटिएको छ। विपद् व्यवस्थापनका लागि फिल्ड अस्पताल, औषधि र उपकरण त्रिशूली पठाइएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले तिब्बतमा हिमताल फुटेर आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रभावितको उद्धार, खोजी, राहत र उपचारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।

शाहले भोटेकोशी र त्रिशूली नदीको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी आसपासका बस्ती तथा बजार प्रभावित पारेको उल्लेख गरे। बाढीले सडक, पुल, जलविद्युत् आयोजना र कृषि क्षेत्रमा क्षति पुर्‍याएको छ।

उनले सुरक्षा निकाय, सरकारी कर्मचारी, स्थानीय तह, सामाजिक संस्था र आम नागरिकलाई सहयोगमा जुट्न अपिल गरे। सीमा जोडिएका नेपाल, भारत र चीनबीच संयुक्त संयन्त्रमार्फत विपद् व्यवस्थापन गरिनुपर्ने उनको भनाइ छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार