NM Khabar 31 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विष्णु रिमालको सरकारलाई चेतावनी: विपद्मा राजनीति बन्द गर, एनजिओको ‘फिल्ड-कब्जा’ रोक्नुपर्छ

• नेकपा एमालेका नेता विष्णु रिमालले विपद्का बेला राजनीति नगर्न सरकारलाई आग्रह गरेका छन्। • उनले केही मन्त्रीहरूले आफ्ना एनजिओमार्फत राहत वितरणमा 'फिल्ड-कब्जा' गर्न खोजेको आरोप लगाएका छन्। • रिमालले विपद् व्यवस्थापनमा केन्द्र र स्थानीय तहबीच समन्वय र जनताका संगठनको परिचालनमा जोड दिएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
31 August 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
विष्णु रिमाल विपद्
Share:

विपद्का बेला राजनीति बन्द गरी राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारलाई नेकपा एमालेका नेता विष्णु रिमालले आग्रह गरेका छन्। उनले जनताको भावनामा खेलबाड नगर्न समेत अनुरोध गरे।

रिमालले उद्धार, राहत र पुनर्स्थापनाका काम सँगसँगै अघि बढाउनुपर्ने बताए। केन्द्रदेखि स्थानीय तहसम्मका सरकारी निकायलाई समन्वयात्मक ढंगले परिचालन गर्नुपर्ने उनको भनाइ छ। जनताका संगठनलाई समेत सहयोगमा परिचालन गर्नुपर्ने उनले उल्लेख गरे।

तर, फिल्डको अवस्था हेर्दा केन्द्र सरकार एक्लै चल्न खोजेको रिमालको आरोप छ। राज्यको सामर्थ्य परिचालन गर्ने जनादेश पाएकाहरूले त्यसलाई नियन्त्रणमा राखेर जनतालाई ‘प्रचारका खुराक’ पस्किँदा अन्याय हुने उनले बताए।

केही मन्त्री विगतमा संलग्न रहेका वा उनीहरूद्वारा प्रवर्द्धित गैरसरकारी संस्थाहरू (एनजिओ) ले राहतका नाममा ‘फिल्ड-कब्जा’ गर्न थालेको सुनिएको भन्दै रिमालले प्रश्न उठाए।

उनले सामाजिक सञ्जालमा लेखे, ‘धेरैको विपत्ति केहीका लागि व्यापारको अवसर बन्छ भन्ने सुनेको थिएँ। सुनिँदै छ, केन्द्रका केही मन्त्री विगतमा संलग्न रहेको वा हाल उनीहरूद्वारा प्रवर्द्धित एनजिओहरूले राहतको नाममा ‘फिल्ड-कब्जा’को धन्दा सुरु गरेका छन्।’

विपद्को समयमा राजनीतिक गतिविधि बन्द गर्न र सहयोग गर्न चाहने सबैलाई सहजीकरण गर्न सरकारसँग उनले आग्रह गरे। ‘विपत्तिमा राजनीति बन्द गर। सहयोग गर्न चाहनेलाई सहजीकरण गर। सके दुःखमा मल्हम लगाऊ– नसके जनताको भावनामा प्लीज खेलबाड नगर,’ उनले भने।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार