रसुवाको भोटेकोशीमा आएको बाढीले कोशी प्रदेशका १६० जना व्यक्ति सम्पर्कविहीन भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढीमा २०४ जना बेपत्ता भएकामा ३० जना सम्पर्कमा आइसकेका छन्।
वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बाढीले एक जनाको ज्यान लिएको, एक जना घाइते भएको र १२ जनाको उद्धार भएको बताए। बेपत्ता हुनेहरुमा झापाका १४, इलामका १२, पाँचथरका एक, ताप्लेजुङका पाँच, मोरङका १८, सुनसरीका २१, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका तीन, उदयपुरका २१, ओखलुढुङ्गाका ४८, खोटाङका ११ र सोलुखुम्बुका ४५ जना छन्।
