NM Khabar 15 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मोरङमा बसको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

मोरङको बूढीगंगामा बसको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दार सुदीप खड्काको मृत्यु भएको छ। उपचारका क्रममा ज्यान गुमाएका खड्का सशस्त्र प्रहरी बल, सप्तरीमा कार्यरत थिए। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ।
Kamala Devi
Kamala Devi
15 September 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
सशस्त्र प्रहरीको मृत्यु
Share:

मोरङको बूढीगंगामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। सोमबार साँझ कोशी लोकमार्गअन्तर्गत नेमुवा चोकमा भएको दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल, बीओपी स्वर्णपट्टी, सप्तरीमा कार्यरत ३६ वर्षीय सुदीप खड्काको ज्यान गएको हो।

पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले ठक्कर दिएको थियो। प्रहरीका अनुसार दुर्घटना साँझ करिब ५:३० बजे भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक खड्का गम्भीर घाइते भएका थिए। उनको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। उपचारका लागि विराट शिक्षण अस्पताल लगिएकामा साँझ ६:५२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीले बस चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई नियन्त्रणमा लिएको छ। दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार