जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी त्यागेका युवाहरूले ‘हुँकार मधेस’ नामक नयाँ राजनीतिक अभियान घोषणा गरेका छन्। यो घोषणाले मधेश प्रदेशमा नयाँ राजनीतिक शक्तिको उदयको संकेत दिएको छ।
रामकुमार शर्मा (जसपा नेपाल) र केशव झा (राष्ट्रिय मुक्ति पार्टी) को नेतृत्वमा युवाहरूले यो अभियान सुरु गरेका हुन्। उनीहरूले यसअघि जेनजी आन्दोलनपछि पार्टीहरूमा पुस्तान्तरणको मुद्दा उठाएका थिए। दलहरूमा नेतृत्व परिवर्तनको सम्भावना नदेखेपछि उनीहरूले ‘हुँकार मधेस’ गठन गरेका हुन्।
‘हुँकार मधेस’ले ‘बुढो र टेस्टेड अध्यक्ष अब कुनै पनि हालमा जनताले स्विकार्दैन’ भन्ने नारा दिएको छ। यसका साथै, अभियानले सनातन धर्मको वकालत गर्ने जनाएको छ।
