नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज साँझ जनकपुर बोल्ट्स र चितवन राइनोजबीच कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको २५औँ खेलका रूपमा यो भिडन्त साँझ ५ बजे सुरु हुनेछ।
जारी सिजनमा हर्मीत सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले ६ खेलमध्ये दुईमा जित हासिल गर्दै ४ अंकसहित छैटौँ स्थानमा छ। जनकपुरले कर्णाली याक्स, विराटनगर किंग्स र लुम्बिनी लायन्ससँग हार बेहोरेको छ भने काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सविरुद्ध जित निकालेको थियो।
उता कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले ५ खेल खेल्दा ५ अंक जोडेर पाँचौँ स्थानमा छ। चितवनले विराटनगर किंग्स र पोखरा एभेन्जर्सलाई हराएको थियो भने लुम्बिनी लायन्ससँगको खेल नतिजाविहीन टुंगिएको थियो। सुदूरपश्चिम रोयल्स र काठमाडौं गुर्खाजसँग भने चितवन पराजित भएको थियो।
आजको खेलले दुवै टोलीलाई अंक तालिकामा सुधार गर्ने अवसर प्रदान गर्नेछ।