NM KHABAR 27 April 2026
NM KHABAR

हामीलाई पछ्याउनुहोस्

बिपी राजमार्गमा यातायात पुनः सुरु गर्ने प्रयास जारी

शनिबार र आइतबारको वर्षाले अवरुद्ध बिपी राजमार्ग खुलाउन प्रयास भइरहेको छ। डिभिजन सडक कार्यालय भक्तपुरले सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी गरेको छ।
Sanjay Karki
Sanjay Karki
27 April 2026, 7:01 am १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:

शनिबार र आइतबारको भारी वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याउने प्रयास जारी छ। सडक डिभिजन कार्यालय भक्तपुरलगायतका निकायले राजमार्ग खुलाउनका लागि काम गरिरहेका छन्।

आइतबार बाटो खुलाउने प्रयास गर्दागर्दै पुनः वर्षा भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम रोकिएको थियो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले सोमबार बिहानदेखि डाइभर्सनको कामलाई निरन्तरता दिइएको जानकारी दिए।

चारसयबेसी बाहेकका स्थानमा सडक खुलाउने प्रयास भइरहेको छ। वर्षाले सडकमा पहिरो र लेदो झरेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ।

सोमबार बिहान १० बजेसम्म राजमार्ग सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ। यद्यपि, मौसमको अवस्था र थप अवरोध आएमा सञ्चालनमा ढिलाइ हुन सक्नेछ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार