NM Khabar 12 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेशका मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने, गठबन्धन कायम

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जेठ १ गते विश्वासको मत लिने भएका छन्। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताअनुसार उनले मत लिन लागेका हुन्। नेपाली कांग्रेससहित चार दलको गठबन्धन कायम रहे ६२ जना प्रदेशसभा सदस्यको समर्थन रहनेछ।
Kamala Devi
Kamala Devi
11 May 2026, 9:32 pm १ मिनेट पढाइ
आकार:
Share:

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी जेठ १ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।

पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका यादवलाई जनमत पार्टीले समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको हो। जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले समर्थन फिर्ता लिएका थिए।

सोमबार जनकपुरधाममा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री यादवले जानकारी दिए।

विश्वासको मत लिनुअघि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन कायम राख्ने सहमति भएको छ। आइतबार चारै दलको बैठकले यो सहमति गरेको थियो।

मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १७, नेपाली कम्युनिष्ट पार्टीका १५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका आठ जना प्रदेशसभा सदस्य छन्। चार दलबीच गठबन्धन कायम रहेको खण्डमा मुख्यमन्त्रीको पक्षमा ६२ जनाको समर्थन देखिनेछ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

Nmkhabar की मधेश प्रदेश संवाददाता। तराई क्षेत्रका राजनीतिक, कृषि र सामाजिक विषयमा जमिनी स्तरबाट रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार