सरकारले २२ मन्त्रालयलाई गाभेर १८ मा सीमित गर्ने प्रस्ताव पारित गरेको छ, जसमा नयाँ स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय कायम भएको छ।
सरकारले स्वीकृत गरेको मन्त्रालयहरूको सूचीमा गृह, अर्थ, परराष्ट्र, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला, कृषि, वन तथा पर्यावरणलगायत मन्त्रालय समावेश छन्।
