NM Khabar 19 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै साँझ ६:१० मा

• डा. मनोजकुमार शर्माले आजै प्रधानन्यायाधीशको शपथ लिने भएका छन्।• शपथ ग्रहण समारोह साँझ ६:१० बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुनेछ।• संसदीय सुनुवाइ समितिले मंगलबार उनको नाम सर्वसम्मत अनुमोदन गरेको थियो।
NM Khabar
NM Khabar
19 May 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
Share:

संसदीय सुनुवाइबाट अनुमोदन भएका डा. मनोजकुमार शर्माले आजै प्रधानन्यायाधीशको पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा साँझ ६ बजेर १० मिनेटमा शपथ ग्रहणको तयारी गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार शपथपछि शर्माले साँझ ७ बजेसम्ममा पदभार ग्रहण गरिसक्ने कार्यक्रम छ।

त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो।

समितिले प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ गरेको थियो, जहाँ उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। समितिले उजुरीकर्ताहरूसँग पनि मंगलबार नै छलफल गरेको थियो।

समितिको अनुमोदन निर्णयबारे राष्ट्रपतिलाई लिखित जानकारी गराइएको छ। सोही आधारमा राष्ट्रपतिले शर्मालाई नियुक्त गरी शपथ गराउनेछन्।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार