मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

भिमफेदी–कुलेखानी सडकमा इभी दुर्घटना, चालकसहित आठ घाइते

मकवानपुरको भिमफेदी-६ जुरीखेतमा इभी गाडी दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२०४

हेटौँडा–काठमाडौं सडकखण्डको जुरीखेतमा आज इभी गाडी दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भए।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

दुर्घटनामा गाडी चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ लालझाडीका ३१ वर्षीय पूर्णबहादुर रुम्बा, तनहुँको बन्दीपुर नगरपालिका–९ का ३८ वर्षीय मनोज गुरुङ र उनकी श्रीमति २८ वर्षीया उषा गुरुङ घाइते भएका छन्।

विज्ञापन

यस्तै, धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का ४१ वर्षीय विकास झा, भारतको बिहार राज्यस्थित सितामढीका ३४ वर्षीय सोनु रौनियार र उनकी श्रीमति २७ वर्षीया सङ्गीता रौनियार पनि घाइते भएका छन्।

घाइते सबैलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार