करेन्टले अंगभंग भएका रामेछापका विनोद तामाङलाई प्राधिकरणको १७ लाख ७८ हजार सहयोग
रामेछापका २७ वर्षीय विनोद तामाङलाई ११ केभी वितरण लाइनको करेन्ट लागेर गम्भीर घाइते भएपछि नेपाल विद्युत् प्राधिकरणले उपचार र क्षतिपूर्तिबापत १७ लाख ७८ हजार ६७६ रुपैयाँ दिने निर्णय गरेको छ।
