प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्ध पक्राउ पुर्जी: ३ करोड ८९ लाख ९४ हजारको ऋण ठगी प्रकरण
प्रभु बैंकका सीईओ सुमन शर्माको निलम्बन र कार्यवाहक सीईओ तोक्ने विषयमा सञ्चालक समितिभित्र मतभेद देखिएको छ। सोमबार अदालतमा हाजिर हुने तयारीमा रहेका शर्माको भविष्यबारे बोर्डले विभिन्न विकल्पमा छलफल गरेको छ।
