चालु आर्थिक वर्ष ०८२-८३ को तेस्रो त्रैमासिकमा नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा ५.६० प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
२० वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वाधिक २८ अर्ब ४५ करोड ८८ लाख ८५ हजार रुपैयाँ ऋण नोक्सानी व्यवस्थापन गरेको छ। यसको निष्क्रिय कर्जा ८.४१ प्रतिशत छ।
ऋण नोक्सानी व्यवस्थापनमा कुमारी बैंक दोस्रो स्थानमा छ, जसले २८ अर्ब २० करोड ३६ लाख ५० हजार रुपैयाँ छुट्याएको छ। कुमारी बैंकको निष्क्रिय कर्जा ६.९४ प्रतिशत छ।
कुल कर्जामा एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा सबैभन्दा उच्च ८.८५ प्रतिशत रहेको छ। एनआईसी एसियाले ऋण नोक्सानी वापत २२ अर्ब ३२ करोड ३ लाख ८० हजार रुपैयाँ व्यवस्था गरेको छ।
ग्लोबल आइएमई बैंकले २७ अर्ब ६१ करोड ५७ लाख ६० हजार रुपैयाँ ऋण नोक्सानी व्यवस्थापन गरेको छ। यसको निष्क्रिय कर्जा ४.९७ प्रतिशत छ। हिमालयन बैंकले २५ अर्ब १८ करोड १२ लाख ५० हजार रुपैयाँ व्यवस्थापन गर्दा निष्क्रिय कर्जा ७.६८ प्रतिशत पुग्यो। प्रभु बैंकले २२ अर्ब ८४ करोड ५८ लाख ८० हजार रुपैयाँ छुट्याएको छ, जसको निष्क्रिय कर्जा ८.८४ प्रतिशत छ।
समीक्षा अवधिमा नबिल बैंकको निष्क्रिय कर्जा ४.३७ प्रतिशत रह्यो। लक्ष्मी सनराइजको ५.२९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.४८ प्रतिशत छ। प्राइम कमर्सियलको ६.३९ प्रतिशत, नेपाल बैंकको ४.९६ प्रतिशत र एनएमबीको ४.९५ प्रतिशत देखियो। कृषि विकास बैंकको निष्क्रिय कर्जा ५.०६ प्रतिशत पुगेको छ।
सिटिजन्स बैंकको निष्क्रिय कर्जा ६.८२ प्रतिशत छ। सिद्धार्थ बैंकको ३.७१ प्रतिशत, सानिमा बैंकको ३.९९ प्रतिशत रह्यो। माछापुच्छ्रे बैंकको ४.०१ प्रतिशत, नेपाल एसबिआईको २.५३ प्रतिशत देखियो। एभरेष्ट बैंकको ०.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डको १.८१ प्रतिशत निष्क्रिय कर्जा छ।
