झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्यो, १० जनामा पुष्टि
झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण बढेको छ। हालसम्म १० जनामा सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयले वर्षायाममा लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ।