NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारद्वारा २९ सहसचिवको सरुवा, नयाँ जिम्मेवारी तोकियो

सरकारले २९ सहसचिवको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीहरूको यो फेरबदल गरेको हो। विभिन्न मन्त्रालय र निकायमा नयाँ जिम्मेवारी तोकिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
27 May 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
Share:

सरकारले २९ जना सहसचिवको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीहरूको यो फेरबदल गरेको हो।

नारायण प्रसाद भण्डारी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन्। रामकुमार श्रेष्ठ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगेका छन्। गणेश पौडेल मुख्यमन्त्री कार्यालय कोशी प्रदेशमा, हेमराज रेग्मी राष्ट्रिय तथ्यांक कार्यालयमा, लक्ष्मी पाण्डेय गौतम गृह मन्त्रालयमा, कृष्ण पौडेल गृह मन्त्रालयमा, प्रदीप कुमार कोइराला गृह मन्त्रालयमा, पवन कुमार तिमिल्सेना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, योगेन्द्र प्रसाद दुला भूमि व्यवस्था मन्त्रालयमा र सुशील ढकाल भूमि मन्त्रालयमा सरुवा भएका छन्।

त्यस्तै रामकुमार महतो भूम व्यवस्था मन्त्रालयमा, रेशमलाल कँडेल कलैया उपमहानगरपालिकामा, राजेश्वर ज्ञवाली प्रदेश प्रमुख कार्यालय कोशी प्रदेशमा, रोशन ज्ञवाली मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशमा, बलराम निरौला गृह मन्त्रालयमा, प्रदीपराज अधिकारी आदिवासी जनजाति आयोगमा, युवराज अधिकारी उद्योग मन्त्रालयमा, मोतिराम सापकोटा उद्योग मन्त्रालयमा र शिव प्रसाद रेग्मी कृषि मन्त्रालयमा सरुवा भएका छन्।

यसैगरी बाबुराम गौतम भूमि व्यवस्था मन्त्रालयमा, डा. पुष्पराज शाही गृह मन्त्रालयमा, बुद्धबहादुर गुरुङ उद्योग मन्त्रालयमा, कृष्णप्रसाद सापकोटा मुख्यमन्त्री कार्यालय कोशी प्रदेशमा, भूपेन्द्र थापा गृह मन्त्रालयमा, हेमराज तामाङ युवा मन्त्रालयमा, विजयकुमार शर्मा विराटनगर महानगरपालिकामा, टेकबहादर वली हेटौंडा उपमहानगरपालिकामा, आरती न्यौपाने भूमि व्यवस्था मन्त्रालयमा र वसन्त बहादुर बोहोरा बीरगन्ज महानगरपालिकामा सरुवा भएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार