NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नयाँ संसद् भवनको डिजाइनमा सांसदको प्रश्न: फिल्म हलजस्तो सभाहल?

सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको सभाहलको डिजाइनमाथि सांसदहरूले प्रश्न उठाएका छन्। नेकपा (एमाले) का सांसद ऐन महरले सभाहल फिल्म हलजस्तो देखिएको भन्दै आपत्ति जनाएका छन्। रास्वपाकी सांसद निशा डाँगीले भवनमा प्रयोग भएको काठबारे प्रश्न गरेकी छिन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
27 May 2026, 12:32 pm १ मिनेट पढाइ
आकार:
Share:

सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको सभाहलको डिजाइनमाथि सांसदहरूले प्रश्न उठाएका छन्।

नेकपा (एमाले) का सांसद ऐन महरले सभाहलका सिट फिल्म हलजस्तो र टेबल स्कुलको कक्षा कोठाजस्तो देखिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले सभाहलको डिजाइन संसद्को गरिमा सुहाउँदो नभएको टिप्पणी गरे।

“सभामुखज्यूले अस्ति निरीक्षण गर्दै गर्दा हामीले एउटा भिडियो देख्यौं। सभामुखज्यूले यो भएन, त्यो भएन भनिरहनुभएको थियो। म त्यसप्रति सम्मान र समर्थन व्यक्त गर्न चाहन्छु। त्यो सभाहल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन्,” सांसद महरले भने। उनले हलको डिजाइन प्रतिनिधि सभाको गरिमामय हलजस्तो नभई फिल्म हलजस्तो बनाउने प्रयास गरिएको आरोप लगाए।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले नयाँ संसद् भवनमा प्रयोग गरिएको काठ स्वदेशी हो वा विदेशी भन्ने प्रश्न उठाएकी छिन्।

सरकारले आगामी जेठ १५ गते नयाँ बजेट यसै भवनबाट प्रस्तुत गर्ने तयारी गरिरहेको छ। यस सन्दर्भमा सांसद महरको यो असन्तुष्टिले भवनको तयारी र डिजाइनमाथि प्रश्नचिह्न खडा गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार