NM Khabar 6 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधिसभा बैठक: विशेष सेवा ऐन विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक २०८३ प्रस्तुत हुँदैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, पर्यटनमन्त्री खडगराज पौडेल र श्रममन्त्री रामजी यादवले पनि विभिन्न प्रस्तावहरू सदनमा राख्नेछन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
6 July 2026, 6:03 am १ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक, विधेयक
Share:

प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक २०८३ प्रस्तुत हुँदैछ।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त विधेयक प्रस्तुत गर्नेछिन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन्।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार