NM Khabar 10 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चार सहमति कार्यान्वयन नभएपछि मिटरब्याज पीडितको ‘न्याय मार्च’ काठमाडौँतर्फ

सरकारले चार पटक लिखित सहमति गरे पनि मिटरब्याज पीडितहरूले न्याय नपाएपछि धनुषाको ढल्केवरबाट काठमाडौँसम्म 'न्याय मार्च' सुरु गरेका छन्। मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा यो पैदल यात्रा अघि बढेको हो। पीडितहरू न्याय नपाएसम्म आन्दोलन नरोक्ने अडानसहित सडकमा उत्रिएका छन्।
Kamala Devi
Kamala Devi
10 July 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
मिटरब्याज पीडित न्याय मार्च
Share:

सरकारले चार पटक लिखित सहमति गरे पनि मिटरब्याज पीडितहरूले न्याय नपाएपछि धनुषाको ढल्केवरबाट काठमाडौँसम्म ‘न्याय मार्च’ सुरु गरेका छन्। मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा यो पैदल यात्रा अघि बढेको हो।

जनकपुरधामको तिरहुतियागाछीमा बिहीबार साँझ ५ बजे हिँडेका पीडितहरू यात्राको दोस्रो दिन बिहानै ढल्केवर आइपुगेका छन्। उनीहरू धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिवासतर्फ अगाडि बढिरहेका छन्। यो टोली करिब एक साताभित्र सङ्घीय राजधानी काठमाडौँ पुग्ने अनुमान गरिएको छ।

पीडितहरूका अनुसार, राज्यले गरेका वाचा कागजमै सीमित भएपछि सरकारलाई घचघच्याउन यो पैदल यात्रा तय गरिएको हो।

साहुमहाजनको ऋणको चक्रव्यूहमा फसेका किसान र मजदुरहरू न्याय नपाएसम्म आन्दोलन नरोक्ने अडानसहित सडकमा उत्रिएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार