मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

कास्कीको किम्रुङ खोलामा बाढी: स्याउली बजारका भौतिक संरचनामा क्षति, स्थानीय त्रसित

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरोले किम्रुङ खोला थुनिँदा बाढी आएको छ। यसले स्याउली बजारका केही भौतिक संरचनामा क्षति पुर्याएको छ। मानवीय क्षति नभए पनि स्थानीयवासी त्रसित छन्।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
किम्रुङ खोला बाढी
Share:
२१२

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरोले किम्रुङ खोला थुनिँदा तल्लो तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको छ।

किम्रुङ भन्ने स्थानमा पहिरो खसेर खोला थुनिँदा अचानक बाढी आएको हो। यसले वडा नं ८ को स्याउली बजारका केही भौतिक संरचनामा क्षति पुर्याएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए।

केसीका अनुसार मानवीय क्षति भने भएको छैन। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सूचित गरिएको छ। खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बाढीको घटनाबारे विवरण संकलन भइरहेको बताए। उनले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

थप समाचार