जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाका प्रमुख नदी तथा खोलाहरूमा बाढी बढिरहेको जनाएको छ। नदी आसपासका बासिन्दा र करिडोर प्रयोग गर्नेलाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले सोमबार बेलुका जारी गरेको सूचनाअनुसार बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, मनोहरालगायतका नदीमा जलसतह बढेको छ। आज राति थप वर्षाको पूर्वानुमानले बाढीको जोखिम बढाउनेछ।
विभागले डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदी करिडोर प्रयोग गर्नेलाई सावधानी अपनाउन भनेको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध छ।
