NM Khabar 15 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारी विज्ञापनमा एकद्वार प्रणाली खारेज: सर्वोच्चको ऐतिहासिक फैसला

• सर्वोच्च अदालतले सरकारी विज्ञापनमा सरकारले लागू गरेको एकद्वार प्रणाली खारेज गरेको छ। • बालेन शाह नेतृत्वको सरकारको यो निर्णयले निजी सञ्चारमाध्यमको व्यवसायमा असर परेको थियो। • अब सरकारी र निजी सञ्चारमाध्यमले विज्ञापनमा समान अवसर पाउने बाटो खुलेको छ।
Sarita Pandey
Sarita Pandey
14 July 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
सरकारी विज्ञापन प्रणाली
Share:

सर्वोच्च अदालतले सरकारी विज्ञापन वितरणमा सरकारले लागू गरेको एकद्वार प्रणाली खारेज गरिदिएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उत्प्रेषणको आदेश जारी गर्दै सरकारको उक्त निर्णय बदर गरेको हो।

बालेन शाह नेतृत्वको वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन तथा प्रसारण गर्ने गरी एकद्वार प्रणाली लागू गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको सोसम्बन्धी परिपत्रले निजी सञ्चारमाध्यमको व्यवसाय र हकहितमा गम्भीर असर पुर्‍याएको भन्दै यसको तीव्र विरोध हुँदै आएको थियो।

नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेल र राहुल कुमार साहले २०८२ साल चैत २३ गते सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए। सोही रिटमाथि अन्तिम सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले प्रधानमन्त्री कार्यालयको परिपत्र बदर घोषित गरेको हो।

सर्वोच्चको यस फैसलासँगै अब सरकारी विज्ञापन वितरणमा सरकारी र निजी दुवै सञ्चारमाध्यमले समान अवसर पाउने बाटो खुला भएको छ। यसअघि २०८२ चैत १८ को निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारी निर्णय उत्प्रेषणको आदेशले खारेज भएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार यो ऐतिहासिक फैसला सुनाएको हो। फैसलाको पूर्ण पाठ दुई दिनभित्रमा सार्वजनिक गरिने जानकारी दिइएको छ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार