NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिँचाइ प्रमुखको सोफामा ७.५ लाख घुस भेटियो, मेकानिकल अधिकृत पनि पक्राउ

सर्लाहीका सिँचाइ डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुससहित पक्राउ परेका छन्। ढकालको निवासको सोफामा सेवाग्राहीले बुझाएको ७ लाख ५० हजार रुपैयाँ भेटिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
Arjun Basnet
Arjun Basnet
25 July 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
सिँचाइ कार्यालय प्रमुख घुस
Share:

सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सेवाग्राहीसँग लिएको ७ लाख ५० हजार रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो।

ढकालको सर्लाहीको बागमती नगरपालिका–१२ स्थित निवासमा छापा मार्दा उनी बसेको सोफामा उक्त रकम भेटिएको अख्तियार बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले बताए। जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको भुक्तानीका लागि ढकालले चौधरीमार्फत घुस मागेको उजुरी परेको थियो।

खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएको छ। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार