NM Khabar 5 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भ्रष्टाचार मुद्दा: सप्तरी भेटनरी प्रमुख दाससहित दुई विशेष अदालतमा

सप्तरीको भेटनरी अस्पतालका प्रमुख डा. रामपवित्र दास र सवारीचालक भोगेन्द्र यादवविरुद्ध अख्तियारले घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले भ्याक्सिनेटरहरूलाई भुक्तानीबापत २० प्रतिशत घुस मागेको आरोप छ। घुस रकम रु एक लाख ३२ हजार ३५० सहित दुवैलाई नियन्त्रणमा लिइएको थियो।
Arjun Basnet
Arjun Basnet
5 August 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
भ्रष्टाचार मुद्दा सप्तरी
Share:

सप्तरीको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. रामपवित्र दास र हलुका सवारीचालक भोगेन्द्र यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भ्याक्सिनेटरहरूलाई दिनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसनबापत घुस माग गरेको सूचनाका आधारमा आयोगको टोलीले दुवैलाई रु एक लाख ३२ हजार ३५० घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

कार्यालय प्रमुख दासले सवारीचालक यादवसँगको मिलेमतोमा भुक्तानी रकमको कम्तीमा २० प्रतिशत घुस माग गरी बार्गेनिङ गरेको र घुस बुझाउन बाध्य पारेको अवस्थामा दुवै जनालाई रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

आयोगले दुवै जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार