NM Khabar 24 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

संघीय सरकारको स्वीकृतिबिनै मधेसका मुख्यमन्त्री भारत भ्रमणमा

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव संघीय सरकारको सहमति नलिई भारत भ्रमणमा गएका छन्। यादवले आफ्नो भ्रमण व्यक्तिगत र धार्मिक भएकाले सहमति आवश्यक नभएको बताएका छन्। यसले प्रदेश र संघीय सरकारबीचको समन्वय प्रक्रियामाथि प्रश्न उठाएको छ।
Kamala Devi
Kamala Devi
24 August 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
मुख्यमन्त्री भारत भ्रमण
Share:

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव संघीय सरकारको सहमतिबिना भारत भ्रमणमा गएका छन्। यादवले आफ्नो भ्रमण व्यक्तिगत तथा धार्मिक भएकाले सहमति आवश्यक नभएको दाबी गरेका छन्।

प्रदेश सरकारका गृहमन्त्री फकिरा महतोका अनुसार मुख्यमन्त्री यादव गत शुक्रबार भारतको देवघरस्थित बाबा वैद्यनाथ धाम (बाबाधाम) पुगेका थिए। उनीसँग प्रदेश सरकारका केही मन्त्री र स्वकीय सचिवसमेत सहभागी थिए।

यादव भारत भ्रमणका क्रममा धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भएको स्रोतले जनाएको छ। उनी आइतबार राति मधेस प्रदेश फर्किसकेका छन्।

प्रदेशका मुख्यमन्त्री र मन्त्रीले विदेश भ्रमण गर्दा संघीय सरकारसँग समन्वय र स्वीकृति लिने अभ्यास छ। यसअघि तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र सतिश सिंहले संघीय सरकारबाट स्वीकृति लिएका थिए।

मुख्यमन्त्री यादवको पछिल्लो भ्रमणबारे संघीय सरकारबाट कुनै निर्णय भएको छैन। यसले प्रदेश र संघीय सरकारबीचको समन्वय प्रक्रियामाथि प्रश्न उठाएको छ।

यादवले आफू सरकारी प्रतिनिधिमण्डलको औपचारिक भ्रमणमा नभई व्यक्तिगत धार्मिक यात्रामा गएको स्पष्ट पारे। उनले भने, ‘व्यक्तिगत धार्मिक भ्रमण भएकाले संघीय सरकारको सहमति लिएको होइन।’

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार