NM Khabar 13 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी र त्रिशूली किनारमा अब बस्ती बसाल्नु हुँदैन : मुख्यमन्त्री थापामगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी र त्रिशूली नदी किनारमा बाढी प्रभावितको पुनर्स्थापना गरिने छैन बताएका छन्। नदी किनारका क्षेत्रमा अझै बाढीको जोखिम रहेकाले प्रभावितलाई सुरक्षित स्थानमा सार्नुपर्नेमा जोड दिइएको छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकिएको छ भने रसुवाका लागि जग्गा खोजी भइरहेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 September 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
बाढी प्रभावित पुनर्स्थापना
Share:

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी र त्रिशूली नदी किनारमा बाढी प्रभावितको पुनर्स्थापना गरिने छैन बताएका छन्। उनले ती क्षेत्रमा अझै बाढीको जोखिम रहेकाले प्रभावितलाई जोखिममुक्त स्थानमा सार्नुपर्नेमा जोड दिए।

शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले नदीका दायाँबायाँ अब बस्ती बसाल्नु उपयुक्त नहुने बताए। ‘प्रभावित क्षेत्रका नागरिकका लागि उक्त क्षेत्र अझै जोखिमपूर्ण रहेकाले स्थानीय तहहरूले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको छ,’ उनले भने।

मुख्यमन्त्री थापामगरका अनुसार नुवाकोटका बाढी प्रभावितका लागि विदुर नगरपालिकामा जग्गा पाइसकिएको छ। रसुवाका लागि भने उपयुक्त जग्गाको खोजी भइरहेको छ।

उनले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको पनि स्पष्ट पारे।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार