NM Khabar 17 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५० हजार र ६ महिनासम्म आधा तलब दिने

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले १३ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। प्राधिकरणका ४७ कर्मचारी/कामदार बेपत्ता भएका छन्। प्राधिकरण सञ्चालक समितिले बेपत्ताका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। स्थायी कर्मचारीका हकवालालाई ६ महिनासम्म आधा तलब बराबरको रकम पनि उपलब्ध गराइनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
17 September 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
विद्युत प्राधिकरण राहत प्याकेज
Share:

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारका परिवारलाई नेपाल विद्युत प्राधिकरणले राहत प्याकेज घोषणा गरेको छ। बाढीले १३ वटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी र कामदार बेपत्ता छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता कर्मचारी र कामदारका आश्रित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो। सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार, राहतको पहिलो चरणमा बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रति व्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ।

दोस्रो चरणमा स्थायी कर्मचारीका नजिकका हकवालालाई ६ महिनासम्म बेपत्ता कर्मचारीको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह स्वरूप उपलब्ध गराइनेछ। यो रकम भदौ महिनादेखि लागू हुने गरी व्यवस्था गरिएको छ।

बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी र कामदारका परिवार सरकारको जिम्मेवारी भएको बताए। उनले भने, ‘हामी एउटै परिवार हो। यो पैसाले यत्रो ठूलो दुःखको घाउ त निको पार्दैन, तर मल्हम लाउने काम गरोस्।’

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार