राष्ट्रिय किताबखाना (निजामती) को अभिलेख अनुसार साउन र भदौ महिनामा ४१८ निजामती कर्मचारीले राजीनामा दिएका छन्। यी सबै राजीनामा स्वीकृत भइसकेको छ।
सचिव वा सो सरहका २ जना, सहसचिव वा सो सरहका १४ जना, उपसचिव वा सो सरहका २१ जनाले राजीनामा दिए। अधिकृत वा सो सरहका २७ जनाले पनि राजीनामा बुझाए।
तीन महिनामा राजीनामा दिने ४१८ जनामध्ये उपसचिव र अधिकृत तहका मात्र १ सय ४३ जना छन्।
सरकारले निजामती सेवा ऐनमार्फत ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर हद लागू गरी अवकाश निर्धारण गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरूले राजीनामा दिने क्रम बढेको अनुमान छ।
