सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा बुधबार बिहान नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना पुरुषको मृत्यु भएको छ। दुर्घटनापछि ट्रक चालक फरार रहेका छन्।
चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको ना१ घ५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आइरहेको स ९ प ७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार नाम र ठेगाना नखुलेका दुई पुरुष गम्भीर घाइते भएका थिए।
घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएकोमा चिकित्सकले बिहान १०ः२५ बजे मृत घोषणा गरेका हुन्। प्रहरीले फरार ट्रक चालकको खोजी गरिरहेको छ भने दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी कार्यालयमा ल्याउने प्रक्रिया अघि बढाएको छ।
मधेशमा सरकारी सवारीसाधनको सुरक्षा व्यवस्थापनमा प्रश्न
यस घटनाले मधेश प्रदेशमा विद्युत् वितरण र सेवामा सम्भावित प्रभाव पार्न सक्ने आकलन गरिएको छ।