NM Khabar 10 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वीरगञ्जका क्यासिनोमा शङ्कास्पद गतिविधि, ६ जना पक्राउ

वीरगञ्जका तीन क्यासिनोबाट ६ जना पक्राउ परेका छन्। अनधिकृत प्रवेश र शङ्कास्पद गतिविधि गरेको आरोपमा पक्राउ पर्नेमा पाँच भारतीय र एक नेपाली नागरिक छन्।
Kamala Devi
Kamala Devi
10 May 2026, 3:02 pm १ मिनेट पढाइ
आकार:
Share:

वीरगञ्जका तीन क्यासिनोबाट अनधिकृत प्रवेश गरी जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँच भारतीय नागरिक छन्। उनीहरू भारतको विहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव र ओमप्रकाश यादव हुन्। वीरगञ्ज महानगरपालिका—३२ का जमुदिन मियाँ अन्सारी पनि पक्राउ परेका छन्।

प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार शनिबार विशेष सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त टोली खटिएको थियो। टोलीले किङ्स क्यासिनो, फर्चुन सिटि गेमिङ क्लब र क्यासिनो माजोङबाट उनीहरूलाई पक्राउ गर्‍यो। उनीहरू जुवातास खेलिरहेको अवस्थामा भेटिएका थिए।

पक्राउ परेकाहरूका साथबाट केही रकम र दुई वटा मोबाइलसमेत बरामद भएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

Nmkhabar की मधेश प्रदेश संवाददाता। तराई क्षेत्रका राजनीतिक, कृषि र सामाजिक विषयमा जमिनी स्तरबाट रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार