मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे १५ करोड ठगी आरोपमा पक्राउ
मञ्जुश्री सहकारीका अध्यक्ष नारायणप्रसाद घिमिरे १५ करोड रुपैयाँ हिनामिना आरोपमा पक्राउ परेका छन्। वाग्मती प्रदेश सहकारी मन्त्रालयको उजुरीपछि प्रहरीले उनलाई समातेको हो। १५० बचतकर्ताको रकम फिर्ता नभएको जनाइएको छ।
