धनुषाको मिथिला नगरपालिकामा आइतबार बिहान बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भए।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस मिथिला नगरपालिका–९, फुटबल ग्राउण्ड नजिकै पल्टियो।
प्रहरीका अनुसार, बसले अर्को बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टियो।
धनुषा प्रहरीका अनुसार, बसमा सवार कुल ३३ यात्रुमध्ये चालकसहित १७ जना घाइते भए।
घाइतेहरूको धनुषाकै लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।
