दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाहीलाई ५ लाखको चेक बाउन्स प्रकरणमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार उनलाई नियन्त्रणमा लियो। ५ लाखको चेक बाउन्स भएपछि स्थानीय एक व्यक्तिले उनीविरुद्ध मुद्दा दायर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार अध्यक्ष शाहीलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
थप अनुसन्धानका लागि अदालतबाट म्याद थप भइसकेको प्रहरीले जनाएको छ। अध्यक्ष शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।
