काठमाडौँको माइतीघरमा लघुवित्त पीडितहरूले रात बिताउन बनाएको अस्थायी संरचना प्रहरीले हटाएको छ।
कुनै पनि संरचना बनाएर बस्न नपाइने भन्दै प्रहरीले बुधबार उक्त संरचना हटाएको हो।
देशका विभिन्न ठाउँबाट आएका लघुवित्त पीडितहरू माइतीघरमा हिजोदेखि आमरण अनसनमा बसिरहेका छन्।
