नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज साँझ कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शीर्ष स्थानको लुम्बिनी लायन्स र चौथो स्थानको काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।
अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले ४ खेलबाट ७ अंक जोडेको छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले, पोखरा एभेन्जर्सलाई ८ विकेटले र जनकपुर बोल्ट्सलाई १६ रनले हराएको छ। चितवन राइनोजविरुद्धको खेलमा भने नतिजा निस्कन सकेन।
करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले ३ खेलमा ४ अंक जोडेर चौथो स्थानमा छ। काठमाडौंले कर्णाली याक्सलाई ४ विकेटले र विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको थियो भने जनकपुर बोल्ट्ससँग ८ विकेटको हार बेहोरेको थियो।
आज साँझ ५ बजे खेल सुरु हुने
काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबीचको यो खेल आज साँझ ५ बजे टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ।